४ असोज २०८१, शुक्रवार

नाकामा निगरानी गर्दै आएका नौ वटा संस्था सम्मानित

२० भदौ २०८०, बुधवार
Image

मेचीनगर, २० भदौ । मानव बेचबिखन रोक्न झापा जिल्लामा क्रियाशील नौ वटा गैरसरकारी संस्थालाई जिल्ला प्रशासन कार्यालय झापाले सम्मान गरेको छ ।

मााइती नेपाल, क्यारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, आफन्त नेपाल, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हात नेपाल र मानवाधिकारका लागि एकल महिला समूहलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवसको अवसर पारेर आज काँकरभिट्टामा सम्मान गरिएको हो ।

कोशी प्रदेश सभाकी सदस्य सबिना बजगाई र सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले संस्थाका प्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको अध्यक्षता र मेची सामुदायिक संस्थाका अध्यक्ष मुक्ति पौडेलको उद्घोषणमा भएको सो कार्यक्रममा झापा जिल्ला प्रशासन कार्यालयको संयोजन र क्यारितास नेपालको आयोजनामा भएको हो ।

कार्यक्रममा कोशी प्रदेश सभाकी सांसद् सबिना बजगाई, सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारती, माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरे, युवा नेतृ उमा शिवाकोटी, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी, क्यारितास नेपालका कार्यक्रम संयोजक हिमालय अधिकारीले मन्तब्य राख्नु भएको थियो ।

परिवर्तन थिएटरले उक्त ‘सानुको सपना’ नामक कचहरी नाटक मञ्चन गरेको थियो ।