४ जेठ २०८१, शुक्रवार

मुख्यमन्त्री कार्की भन्नहुुन्छ-'अब कांग्रेससँग सहकार्य'

२१ भदौ २०८०, बिहिवार
Image

झापा, २१ भदौ ।  तपाई फेरि मुख्यमन्त्री बन्नुभयो होइन त ?

भर्खरै मिडियामार्फत् संक्षिप्त रुपमा सुनेको हुँ । मैले के बुझें भने गठबन्धनले जुन विश्वासको मत लिन खोजेको थियो, त्यो बदर भयो । अब त सरकार असफल नै भइहाल्यो । अब १६८।३ को सरकार बनाउन फैसला भएको छ । म यो निर्णयको स्वागत गर्छु ।

राजनीतिक मुद्दामा अदालतले नै भनिदिनुपर्‍यो होइन त ?

विगतदेखि नै हाम्रो राजनीतिमा कतिपय विषय र विवादबारे अदालतले व्याख्या गरिदिनुपर्ने अवस्था आएको नै छ । त्यसैले अब आगामी दिनमा यस्तो नहोस् भन्नका लागि हामी दलहरुले नै संविधानका धाराहरु मिच्ने अभ्यासहरु सच्याउनुपर्छ भन्ने सन्देश पनि यो फैसलामा प्राप्त छ ।

तपाईं मुख्यमन्त्री बन्ने भएपछि पनि चुनौती त बाँकी नै छ नि ?

प्रदेशसभामा कसैको पनि स्पष्ट बहुमत नहुने भएकाले चुनौती छ नै । किनभने राजनीतिक ध्रुवीकरण छ । तर हामी सबै दलसँग सहकार्य प्रस्ताव गर्छौं । खासगरी अहिले राष्ट्रिय राजनीतिको माग नै कांग्रेस र एमाले बीच सहमति बन्नुपर्छ भन्ने छ । कांग्रेससँग सहकार्यमा हाम्रो जोड हुन्छ । मूलधारका पार्टीहरुलाई त्यसमा जोड्ने हाम्रो कोसिस हुन्छ ।

भनेपछि अब कांग्रेसलाई प्राथमिकता दिने, माओवादीलाई नदिने ?

मूलतः कांग्रेसलाई नै प्राथमिकता दिने हो । किनभने कांग्रेस र एमालेका बीचमा सहकार्य हुनुपर्छ । तर त्योसँगै अरु दलहरु समेतलाई सँगै लिएर हिँड्ने हाम्रो दायित्व हुनेछ ।

(अनलाइन खबर)