४ जेठ २०८१, शुक्रवार

कोशी प्रदेशमा आजै मुख्यमन्त्री र मन्त्रीको शपथ

२२ भदौ २०८०, शुक्रवार
Image

विराटनगर, २२ भदौ । कोशी प्रदेशमा आजै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिनु हुने भएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री उद्धव थापा विहीवार पदमुक्त भएपछि उहाँलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनु हुने भएको हो ।

मुख्यमन्त्री नियुक्त भएसँगै कार्कीले आजै ताप्लेजुङका तिलकुमार मेयाङ्बो र झापाका एकराज कार्कीलाई मन्त्री पदको शपथ गराउने हुनु भएको छ ।