२८ वैशाख २०८१, शुक्रवार

कोशीका मुख्यमन्त्री कार्की र चार मन्त्रीले लिए शपथ

२२ भदौ २०८०, शुक्रवार
Image

झापा, २२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८/३ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् ।

एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।

सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।