२८ वैशाख २०८१, शुक्रवार

जेसीजले विद्यार्थीलाई पुर्यायो ‘साइन्स सिटी’

२३ भदौ २०८०, शनिवार
Image

बुधबारे, २३ भदौ । बुद्धशान्तिस्थित बुधबारे जेसीजले विद्यार्थीहरुलाई भारतको सिलिगुढीमा लगेर ‘साइन्स सिटी’ अवलोकन गराएको छ ।

जेसीज सप्ताह अन्तर्गत जेसीजले पहिलो दिन शुक्रवार बुद्धशान्ति गाउँपालिका अन्तरगतका आधारभूत तहका कक्षा ८ का ११८ जना विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराइएको जेसीजका अध्यक्ष अर्जुन ढकालले बताउनुभयो ।

भारतको सिलिगुढीस्थित साइन्स सिटी पूर्वी नेपाल र दार्जीलिङ क्षेत्रका विद्यार्थीका लागि विज्ञान संग्र्रहालयको रुपमा प्रसिद्ध छ । 

जेसीज सप्ताहको शुभारम्भ बुधबारे जेसीजका अध्यक्ष ढकालको सभापतित्व तथा नेपाल जेसीज बर्ष २०२३ का उपाध्यक्ष सिनेटर अनुप सुनवारको प्रमुख आतिथ्यमा भएको थियो । 

बुधबारे जेसीजका पूर्व अध्यक्ष मुकेश भट्टराई र कार्यकारिणी उपाध्यक्ष अनिल घिमिरेले आफ्नो  जन्मदिनको अवसर पारेर पालिकाभरिका आधारभूत तहका कक्षा ८ का ११८ जना विद्यार्थीलाई शैक्षिक भ्रमणमा लैजाँदाको सम्पूर्ण खर्च व्यहोर्नु भएको हो ।