२८ वैशाख २०८१, शुक्रवार

बाहुनडाँगीको लोकनृत्य प्रतियोगितामा होलिबेल च्याम्पियन

२३ भदौ २०८०, शनिवार
Image

बाहुण्डाँगी , २३ भदौ। बाहुनडाँगी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि लोक साँस्कृतिक प्रतियोगिताको उपाधि होलिबेलले जितेको छ । 

जेसीज सप्ताहको अवसरमा शनिवार सामुदायिक हलमा सम्पन्न प्रतियोगितामा मेचीनगरका १४ वटा विद्यालयलाई पछि पार्दै होलिबेलले उपाधि चुमेको हो ।

उपाधिसँगै होलिबेलले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा हिमालयन एकाडेमी धुलावारी दोस्रो भएको छ । हिमालयनले नगद १० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ भने इष्ट होराइजन अंग्रेजी मावि तेस्रो भएको छ । होराइजनले नगद ५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रथम पुरस्कार रितिका डेरी उद्योग, दोस्रो पुरस्कार कानुनी सल्लाहकार समिर राई र तेस्रो पुरस्कार पूर्व अध्यक्ष बद्रि निरौलाले सौजन्य गर्नु भएको थियो । प्रतियोगितामा मेचीनगरका १५ वटा विद्यालयको सहभागिता रहेको जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक सामुल रायाले बताउनुु भयो ।

बाहुनडाँगी जेसीजका अध्यक्ष केवल निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्ष बिरबहादुर बेगा बिरु, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष योगेश राजवंशी, बाहुण्डाँगी जेसीजका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तानलगायतको आतिथ्यतामा रहेको थियो । 

कार्यक्रम संयोजक देबु बानियाँले स्वागत गरेको कार्यक्रमको आस्था पाठ कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडा, सञ्चालन महासचिव नित्यानन्द चम्लगाई र एलसी श्रेष्ठले गर्नु भएको थियो ।