२१ वैशाख २०८१, शुक्रवार

ललिता निवास मुद्धाका सबै आरोपीलाई धरौटीमा छाड्न आदेश

२४ भदौ २०८०, आइतवार
Image

झापा, २४ भदौ। ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेको छ।

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले १७ जनासँग धरौटी माग्ने र एक जनालाई साधारण तारेखमा छाड्ने आदेश गरेको छ।

भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ। तोकिएको धरौटी बुझाउन नसके उनीहरु थुनामा जानेछन्। धरौटी बुझाएपछि मात्र उनीहरु छुट्ने छन्।

सबैभन्दा बढी मिनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

शिवजी भट्टराईसँग ३ लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, घमनकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, गोपाल कार्कीसँग ७ लाख ५० हजार, विनोदप्रसाद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुणकुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सन्जय महर्जनसँग एक लाख १० हजारसँग धरौटी मागिएको छ।

केशव तुलाधरलाई साधारण तारेखमा छाड्न आदेश भएको छ।