१ असोज २०८१, मङ्गलवार

सवारी दुर्घटनामा प्रिन्सिपल सुबेदीको मृत्यु

२५ भदौ २०८०, सोमवार
Image

मेचीनगर, २५ भदौ । कनकाईस्थित प्यारागन एकाडेमीका प्रिन्सिपल देबराज (डीआर) सुबेदीको आज साँझ सुरुंगामा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले जनाए अनुसार साँझ साढे ७ बजेतिर कनकाई–८ शितलचोकमा मोटरसाइकललाई बोलेरो जीपले ठक्कर दिएको थियो ।

प्र१–०१–०१३ नम्बरको सो मोटरसाइकल प्रिन्सिपल सुबेदीले हाँकिरहनु भएको थियो । पूर्वबाट तीब्र रफ्तारमा आइरहेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते सुबेदीलाई उपचारका लागि बीएन्डसी हस्प्टिलमा लगिएको थियो । तर, गम्भीर घाइते अवस्थामा रहनु भएको सुबेदीलाई हस्पिटल पुर्याउनासाथ डाक्टरहरुले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा संलग्न बोलेरोका चालक पाँचथर हिलिहाङ–७ का ३७ वर्षीय होमप्रसाद सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रिन्सिपल सुबेदी सुरुंगाका अत्यन्त मिलनसार, बौद्धिक र लायन्स क्लव अफ सुरुंगाका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।