२० वैशाख २०८१, बिहिवार

समाचार प्रभाव

जंगलमा बस्न बाध्य महिलाको उद्धार

२७ भदौ २०८०, बुधवार
Image

मेचीनगर, २७ भदौ । पूर्वपश्चिम राजमार्गको चारआली जंगल खण्डको चौतारोमा दुई महिनादेखि अलपत्र अवस्थामा बस्दै आउनु भएको महिलाको उद्धार भएको छ ।

हाम्रो अभियान नेपाल, आफन्त नेपाल र प्रहरीको संयुक्त पहलमा ती महिलालाई आज उहाँको आफन्तको जिम्मा लगाइएको हो ।

‘केही दिन अघि ती दिदीलाई आफन्त नेपालले उद्धार गरेर आश्रय दिइरहेको थियो,’ हाम्रो अभियान नेपालका संयोजक नरेश मोहराले भन्नुभयो–‘आज उहाँको भाइ सम्पर्कमा आउनुभयो । जिम्मा लगाएर घर पठाइएको छ ।’

आफन्त नेपालले उद्धार गर्नुअघि ती महिला लुगाकपडाको पोकोसहित जंगलको चौतारोमा रातोदिन बस्दै आउनु भएको हो । बाटो हिँड्नेहरुले दिएको खानेकुरा खाएर उहाँ बाँचिरहनु भएको थियो ।