२० वैशाख २०८१, बिहिवार

धुलाबारी माविद्वारा तीन दर्जन भन्दा बढीलाई सम्मान

२९ भदौ २०८०, शुक्रवार
Image

धुलाबारी, २९ भदौ । धुलाबारी माध्यमिक विद्यालयले तीन दर्जन भन्दा बढीलाई सम्मान र छात्रवृत्ति वितरण गरेको छ । 

विद्यालयले ५९ औं राष्ट्रिय वाल दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । पुरस्कृत र सम्मानित  व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले दोसल्ला अविर र प्रमाणले सम्मान गर्नुभएको छ । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष लेखनाथ पराजुलीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

विद्यार्थी, अविभावक, आमा समूहका प्रतिनिधि र विद्यार्थीहरु सहितको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक महेन्द्रविलास लुईटेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहायक प्रधानाध्यपक तेजप्रसाद चौलागाई र शिक्षक रमेशकुमार दाहालले संयुक्त रुपमा संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।