२० वैशाख २०८१, बिहिवार

शिवसताक्षीमा रुखको हाँगामै बृद्धको मृत्यु

३१ भदौ २०८०, आइतवार
Image

झिलझिले, ३१ भदौ । शिवसताक्षी नगरपालिका–८ मा घाँस काट्न रुखमा चढ्नु भएका एक वृद्धको रुखमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ७५ बर्षीय सन्तबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उहाँ आज विहान बाख्रालाई घाँस काट्न खरीको रुखमा चढ्नु भएको थियो । घाँस काट्दै गर्दा रुखमै भई उहाँ बेहोस हाँगामा अड्किनु भएको थियो । 

करिब ४० फिट अग्लो खरिको रुखको हाँगामा बेहोस भएर अड्किनु भएका उहाँलाई तत्काल परिवारले देखेर इलाका प्रहरी कार्यालय झिलभिलेमा खबर गरेका थिए । 

प्रवक्ता खगेन्द्र रिजालका अनुसार तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले रुखबाट उद्धार गरेर भूईमा ल्याउँदा उहाँको मृत्यु भइसकेको थियो ।