२० वैशाख २०८१, बिहिवार

बक्तृत्वकला प्रतियोगितामा कचनकवलकी खन्जना प्रथम

३१ भदौ २०८०, आइतवार
Image

झापा, ३१ भदौ । अन्तरपालिका वक्तृत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकी खन्जना राजवंशी प्रथम हुनुभएको छ । 

जिल्ला बाल सञ्जालले ५९ औं बाल दिवसको अवसर पारेर शिवसताक्षी नगरपालिकामा आयोजना गरेको अन्तरपालिका प्रतियोगितामा राजवंशी प्रथम हुनुभएको हो । कचनकवल विद्या मन्दिरमा अध्ययरत  उहाँले  नगद रु. १० हजार पुरस्कार स्वरुप प्राप्त गर्नुभएको छ 

जिल्लाका १५ पालिकामध्ये ११ पालिकाका १९ विद्यार्थी बक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” विषयक वत्तृmत्वकला प्रतियोगितामा गौरादह नगरपालिका जनता माविमा अध्ययरत  लीला खत्रीले दोस्रो हुनुभएको छ भने तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाकी जिज्ञासा श्रेष्ठ हुनुभएको छ । 

यसैगरी सान्तवना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल वनले प्राप्त गरेका थिए । उनीहरुले क्रमशः नगद रु आठ हजार, छ हजार र सान्तवना तीन ÷तीन हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले बताउनुभयो । 

विजेतालाई र प्रतियोगीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्याप्सन अध्यक्ष राम सुहाङ्गलगायत अतिथिहरुले प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।