१६ वैशाख २०८१, आइतवार

विर्तामोडको भाट भटेनी आजदेखि सञ्चालन

४ असोज २०८०, बिहिवार
Image

बिर्तामोड, असोज ४ ।  नेपालकै ठुलो चेन सुपर स्टोर भाट भटेनी बिर्तामोड शाखा आजबाट सञ्चालनमा आएको छ । शाखाको उद्घाटन भाट भटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले गर्नुभएको छ ।

नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ । भाट भटेनीले आफ्नो २६औँ स्टोर बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर सञ्चालनमा आएको हो ।

बिर्तामोडमा रहेको स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । २ अर्ब रुपैयाँभन्दा बढी लागानी रहेको झापाको पहिलो हो ।