२० वैशाख २०८१, बिहिवार

पहिचानवादीलाई वार्तामा आउन मन्त्री कार्कीको आग्रह

६ असोज २०८०, शनिवार
Image

रेवितीराज घिमिरे

भद्रपुर, ६ असोज । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको २४ औ बार्षिक साधाराण सभा सम्पन्न भएको छ । 

साधारणसभाको कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री एकराज कार्कीले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री कार्कीले अधिकांश राजनीतिक दलहरुको समर्थनमा संविधान सम्मत दुई तिहाइ बहुमतले कोशी प्रदेशको नामाकरण गरिएको बताउनुभयो । उहाँले पहिचानवादीहरुलाई लक्षित गर्दै ९४ जातजाति भएको प्रदेशमा जातीय आधारमा प्रदेशको नामाकरण गर्दा थप जटिलता आउन सक्ने बताउँदै पहिचानवादीहरुलाई बार्तामा आएर समस्याको समाधान गर्न आग्रह गर्नुभयो ।

मन्त्री कार्कीले सरकार गठनका लागि कांग्रेस, माओवादीलगायतलाई समेत सहभागी गराएर मिलिजुलि सरकार बनाउन आफुहरु तयार रहेको बताउनुभयो । कार्कीले निजामति कर्मचारीहरुका समस्या समाधान गर्न  प्रदेश सरकार कठिबद्ध रहेको बताउनुभयो । 

संस्थाका अध्यक्ष बशिष्ठ अधिकारिले  सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  आ ब २०७९÷ ८० मा संस्थाको शेयर पुँजी एक करोड ७० लाख ७६ हजार ५ सय रुपैयाको कारोवार रहेको बताउँदै संस्थाका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा मन्त्री कार्कीलाई जन सेवामा उल्लेखनीय कार्य गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निजामति कर्मचारि संगठन कोशी प्रदेश ईन्चार्ज लक्ष्मीप्रसाद गुरागाई, बचत तथा ऋण सहकारी संघका विपी भट्टराई, कर्मचारी संगठन झापा अध्यक्ष केदार  पोखरेललगायतले मन्तव्य राख्नु भएको थियो । अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेल र स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष डिल्ली ढकालले गर्नुभएको थियो ।