२० वैशाख २०८१, बिहिवार

‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

७ असोज २०८०, आइतवार
Image

झापा, ७ असोज । दमकमा रहेको कदम थिएटरले नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्ने भएको छ  ।

साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा आधारित नाटक यही असोज १२ गते दमक नगरपालिका–९ मा रहेको थिएटरमा मञ्चन हुने भएको हो । 

दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई साहित्यकार राईले कथा लेख्नुभएको छ । यही कथालाई नै नाटकीरण गरेर रंगकर्मी जीवन बरालको निर्देशनमा पहिलो ब्याचका कलाहरुले अभिनय गर्ने भएका छन् । 

कदम थिएटरले गएको जेठ २४ गते देखि रंगमञ्चको आधारभुत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक “जयमाया आफू मात्र लिखापानी आईपुगी” को मञ्चन गर्नका लागि पूर्वअभ्यास भईरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिनुभयो । 

रंगकर्मी जीवन बरालले यस कथालाई नाटकको रुपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको बताउनुभयो । 

निर्देशक बरालले २० वर्ष भन्दा धेरै नेपाली रंगमञ्चमा काम गर्दै आईरहका आउनुभएको छ । उहाँले आधा दर्जन भन्दा बढी नाटकको निर्देशन गरिसकेको जानकारी दिनुभयो ।