२५ वैशाख २०८१, मङ्गलवार

हडिया खोलामा बन्यो झोलुङ्गे पुल

८ असोज २०८०, सोमवार
Image

धुलाबारी, ८ असोज । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे पुल बनेको छ । पुलको सोमबार नगरप्रमुख गोपालचन्द बुढाथोकीले उद्घाटन गर्नुभएको छ । । 

संघीय सरकारको रु. एक करोड ३० लाखको लागतमा १३० मिटर लामो पुल बनेको वडाध्यक्ष बाबुलाल सुब्बाले बताउनुभयो । 

उहाँले पुल बनेसँगै पत्रसिंह बाडी र दुहागढीमा जावतजावत गर्न सहज भएको बताउनुभयो । उहाँका अनुसार खोलामा पुल नहुँदा सो क्षेत्रका बासिँदाको पाँच किलोमिटर बाटो पार गरेर वडा कार्यालय र विद्यालय जानुपर्ने बाध्यता थियो । 

पुल बनेसँगै पत्रसिंहबाडीका बासिन्दालाई पाँच मिटरको दुरीमा रहेको दुहागढीस्थित विद्यालय र वडा कार्यालय पुग्न १० मिनेट मात्र लाग्ने उहाँको भनाई छ । वि.संं २०७९ माघमा स्थानीय दुर्गा धमलाको अध्यक्षतामा बनेको उपभोक्ता समितिले पुल निर्माणको काम जिम्मा लिएको थियो ।