२ कार्तिक २०८१, शुक्रवार

पाथीभरा जाँदै गरेको बोलेरो दुर्घटना, १३ जना घाइते

९ असोज २०८०, मङ्गलवार
Image

झापा, ९ असोज । तीर्थयात्री लिएर पाथीभरा जाँदै गरेको बोलेरो आज बिहान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका–३ बिजेपास्थित भित्री सडक खण्डमा तिरिङ्गेबाट पाथीभरा दर्शनको लागि जाँदै गरेको मे १ ज २१८६ नम्वरको बोलेरो सडकबाट अन्दाजी ७० मिटर तल झरी दुर्घटना भएको हो । 

घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक सुजल मुदेलले बताए ।

घाइते हुनेहरुमा चालकसहितका १२ जना ताप्लेजुङकै पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेका र एक जना झपा बाह्रदशीका रहेका छन् । 

दुर्घटनामा बाह्रदशी २ बस्ने ४१ वर्षिय कर्णबहादुर कार्की घाईते भएका छन् । त्यस्तै दुर्घटनामा बोलेरो चालक ताप्लेजुङ पाथिभरा याङबरक गापा–३ तिरिङ्गे बस्ने २१ वर्षिय भक्त कार्की, सोही ठाउँ बस्ने ७० वर्षिय धनबहादुर डाँगी, ६२ वर्षिया फुलमाया बस्नेत, ३५ वर्षिया निर्मला बस्नेत , अन्दाजी २२ वर्षिय कर्णबहादुर भट्टराई, ३० वर्षिया बिमला डाँगी बस्नेत, ६ वर्षिया युनिसा बस्नेत, ४ वर्षिया स्वस्तिका बस्नेत, ४१ वर्षिया ललिता भट्टराई, २२ वर्षिय कुमार भट्टराई, ३७ वर्षिय मानबहादुर बस्नेत र ३८ वर्षिय चन्द्रबहादुर कार्की रहेका छन् ।

घाइतेमध्ये ७० वर्षका धनबहादुर डाँगीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । बाँकीको सामान्य अवस्थामा उपचार भइरहेको जिल्ला अस्पतालका डाक्टर ओम थापा मगरले जानकारी दिए ।