३ असोज २०८१, बिहिवार

विपिन्न परिवारका ५० घर परिवारलाई साझेदारीमा स्वास्थ्य विमा

९ असोज २०८०, मङ्गलवार
Image

मेचीनगर, ९ असोज । गौरादह नगरपालिका– १ ले वडाभित्रका विपिन्न परिवारका ५० घर परिवारलाई साझेदारीमा स्वास्थ्य विमा गरिदिएको छ । 

वडा कार्यालयको रु. दुई हजार ८०० र सम्बन्धित परिवारको रु. ७०० गरेर उहाँहरुको विमा गरिदिएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताउनुभयो । 

उहाँले वडाका अति विपन्न, असहाय, र दीर्घ रोगीको घरमै पुगेर स्वास्थ्य विमा गरिदिएको बताउनुभयो । वडाले हरेक बर्ष यसरी नै विपन्न परिवारको खोजी गरेर स्वाथ्य सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ८० प्रतिशत रकम वडा र सम्बन्धित परिवारको २० प्रतिशत रकममा विमा गर्दै आएको उहाँले बताउनुभयो ।