३ असोज २०८१, बिहिवार

पाँच महिना अघि कुवेत गएका खगेन्द्र बाकसमा फर्किए

११ असोज २०८०, बिहिवार
Image

भद्रपुर, ११ असोज । वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत गएका झापा कचनकवल गाउँपालिका–६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।

गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको हो । रोजगारीका लागि उनी पाँच महिना अगाडि डेस्टिनी ह्युमन रिसोर्स म्यानपावर कम्पनीमार्फत इलेक्ट्रिसियनका रुपमा कुवेत जानुभएको थियो। अल जजिरा कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको आफन्त योगेन्द्र राजवंशीले बताएका छन् ।

ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको र एकछिनमै उहाँको मृत्यु भएको आफन्त राजवंशीको भनाइ छ । खगेन्द्रलाई जन्डिस रहेको बताइएको छ । उहाँको शव कुवेतबाट आफन्त योगेन्द्र राजवंशीले बुझेर घरमा ल्याई पु¥याएका छन् । खगेन्द्रका श्रीमती र दुई छोरा रहेका छन् ।