३ असोज २०८१, बिहिवार

एमालेको कोशी प्रदेश अधिवेशनको तयारी पूरा

११ असोज २०८०, बिहिवार
Image

विराटनगर, ११ असोज । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ ।

शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पूरा भएको एमाले कोशी प्रदेशले  आज पत्रकार सम्मेलन गरी जनाएको हो । अधिवेशनको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पूरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । अधिवेशनका लागि पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएका छन ।

५० जना प्रतिनिधिको छनोट हुन बाँकी छ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनीत गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ । मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी बन्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने र सहमति नभए निर्वाचन हुने अध्यक्ष न्यौपानेको भनाई छ । निर्वाचन हुँदा प्यानल भने बनाउन निषेध गरिएको छ ।