३ असोज २०८१, बिहिवार

दमकमा छुरा प्रहार गरेर इलामका गोविन्द लिम्बूको हत्या

१२ असोज २०८०, शुक्रवार
Image

दमक, १२ असोज । साथीले हानेको छुरा प्रहारबाट इलामका ३८ बर्षीय गोविन्द लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालका अनुसार चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका लिम्बूको छुरा प्रहारी गरी दमक नगरपालिका–१ सोनम राईले हत्या गरेका हुन् । 

उनका अनुसार दमक नगरपालिका–१ कुमाल चोक निवासी २५ बर्षीय राईले लिम्बूको घाँटी, पाखुरामा छुरा प्रहार गरी घाइते बनाएका थिए । उपचारका लागि तत्काल दमक अस्पताल पुर्याएका उहाँलाई चिकित्सकले मृत घोषणा गर्नुभएको प्रहरीले जनाएको छ । 

आज विहान हत्या गर्ने राई छुरासहित फरार रहेकाले खोजी भइरहेको प्रवक्ता रिजालको भनाई छ ।