६ जेठ २०८१, आइतवार

पूर्वी हिमाल यातायात प्रालिको अध्यक्षमा हेमराज

१२ असोज २०८०, शुक्रवार
Image

धुलाबारी, १२ असोज । पूर्वी हिमाल यातायात प्रालिको अध्यक्षमा हेमराज दाहाल सर्वसम्मत चयन भएका छन् ।

आज बिर्तामोड स्थित प्रालिको कार्यालयमा सम्पन्न तेस्रो अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

दाहाल यसअघि संस्थाको प्रबन्ध निर्देशक थिए । अध्यक्ष अमरसिंह थापा अस्वास्थ्य भएका कारण पछिल्लो समय दाहालले कार्यबाहकको भूमिका निर्वाह गरिरहेका थिए ।

अधिवेशनले समितिको प्रबन्ध निर्देशकमा शिवराज खड्का, सचिवमा भरत खतिवडा र कोषाध्यक्षमा सन्तोष शर्मा चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरूमा नारायणप्रसाद तिवारी, अर्जुन कडरिया, लक्ष्मी कार्की र प्रताप वस्नेत छन् ।

यसैगरी सल्लाहकार समिति संयोजकमा गणेश न्यौपाने तथा सदस्यहरूमा टंकप्रसाद अधिकारी र गोपालकान्त सरकार रहेका छन् ।

नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृत एवम् पत्रकार अर्जुन कार्कीले प्रमाणपत्र वितरण गरेका थिए ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहने संस्थाले जनाएको छ ।

अधिवेशनले ५ जना उत्कृष्ट चालकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सागर अधिकारी, गोरेबहादुर विसन्के, नरेन्द्र रिमाल, बालकृष्ण थापा र खेम कटुवाल रहेका छन् ।

उनीहरूलाई नगदसहित अविर, टीका, खादा र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

संस्थाका कार्यबाहक अध्यक्ष हेमराज दाहालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको थिए भने कार्यक्रमको सञ्चालन शिवराज खड्काले गरेका थिए ।