६ जेठ २०८१, आइतवार

मध्यमस्तरको भूकम्पले पूर्वी नेपाल हल्लियो

१५ असोज २०८०, सोमवार
Image

झापा, १५ असोज । आज बेलुकी मध्यम शक्तिको भूकम्प गएको छ ।

भारतको मेघालय केन्द्रविन्दु रहेको ५.२ म्याग्निच्युड मापन गरिएको सो भूकम्प साँझ ६ः३० बजेतिर गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको आसाम, सिक्किम, मेघालय र पश्चिम बंगालमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

पूर्वी नेपालको इलाम, ताप्लेजुङ, पाँचथर, झापा र मोरङमा पनि सो भूकम्पको धक्का महसुस गरिएको थियो ।

इलामको गजुरमुखीमा भूकम्पको कम्पन सुरु भएपछि स्थानीयबासीहरु घरबाहिर आँगनमा निस्किएको स्थानीय जंगबहादुर भण्डारीले जानकारी दिनुभयो ।

भद्रपुरका दिप पौडेलले पनि भूकम्पको धक्काले झस्किएको बताउनुभयो । इटहरीमा कम्पन सुरु हुँदा बाटोमा हिँडिरहेकाहरु उभिएका थिए ।

आसामको सिमाना नजिक मेघालयको जमिनमुनि १० किलोमिटरमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।