६ जेठ २०८१, आइतवार

चार लाखको श्रृंगारिक सामान पक्राउ

१६ असोज २०८०, मङ्गलवार
Image

झापा, १६ असोज । भन्सार छलेर भारतबाट भित्राइएको चार लाख रुपैयाँभन्दा बढी मूल्यको श्रृंगार सम्बन्धी सामान प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर वडा नं. १५ को विचार्नीमा उक्त सामान सोमवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

बरामद सामानहरुमा अनुहारमा लगाउने क्रिम लगायत छन् । मूल भन्सार काँकरभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट ती सामान नेपाल भित्राइएको प्रहरीको अनुमान छ ।