१९ वैशाख २०८१, बुधवार

बाजुरामा ५ रेक्टरको भूकम्प जाँदा भागदौड

१६ असोज २०८०, मङ्गलवार
Image

झापा १६ असोज । बाजुरा जिल्लामा आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा मध्यमस्तरको भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको थियो ।

हिजो मात्र आसाम र  मेघालयको सीमा क्षेत्रमा केन्द्रविन्दु भएको भूकम्प जाँदा पूर्वी नेपालमा कडा कम्पन आएको थियो ।