१९ वैशाख २०८१, बुधवार

सिक्किमको टिस्टामा भीषण बाढी, २३ सैनिक वेपत्ता (हेर्नुहोस् फोटोहरु)

१७ असोज २०८०, बुधवार
Image

झापा, १७ असोज । सिक्किमको टिस्टा नदीमा आज आएको बाढीले बगाउँदा २३ जना भारतीय सैनिक वेपत्ता भएका छन् ।

वेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले बताउनु भएको छ ।

भारतीय सेनाले जारी गरेको विज्ञप्ति अनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

बारदाङ क्याम्पमा रहेका सैनिकहरु अचानकको बाढीबाट प्रभावित भएका थिए । राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर वेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमहरुले उत्तर सिक्किमको लेनाक तालमा बादल फाटेर भएको अत्याधिक वर्षाका कारण टिस्टा नदीमा १५ फिटसम्म जलस्तर बढेको जनाएका छन् ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले सिङ्ताम र गोलीटार लगायतका प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरुसँग भेट्नु भएको समाचार छ ।

दिग्छु, सिङ्ताम र रङ्पु बजारमा बाढी पसेको बताइएको छ ।