३ असोज २०८१, बिहिवार

कमलधाप सिमसार क्षेत्रमा हात्ती मृत फेला

२४ असोज २०८०, बुधवार
Image

भद्रपुर, २४ असोज ।  रामपोखरी सामुदायिक वनस्थित कमलधाप सिमसार क्षेत्रमा आज विहान बयस्क हात्ती मृत फेला परेको छ । 

भद्रपुर नगरपालिका–२ स्थित सो कमलधाप सिमसारको दलदलमा डुबेको अवस्थामा मृत हात्ती फेला परेको जिल्ला सामुदायिक बन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । उहाँका अनुसार हात्तीको अगाडिको भाग हिलोमा डुबेको अवस्थामा छ ।