३ असोज २०८१, बिहिवार

उप्रेती परिवारमा मातृशोक

२४ असोज २०८०, बुधवार
Image

मेचीनगर, २४ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका निवर्तमान अध्यक्ष एवम् सहकारी अभियन्ता रामचन्द्र उप्रेतीलाई मातृशोक परेको छ ।

उहाँकी आमा जानुकादेवी उप्रेतीको ८९ वर्षको उमेरमा आज अपराह्न ३ः१७ बजे निधन भएको हो ।

स्व. जानुकादेवीका जेठा छोरा हुन् सहकारी अभियन्ता रामचन्द्र उप्रेती । उहाँका अर्का छोरा लक्ष्मीप्रसाद उप्रेती काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख हुनुहुन्छ भने साइलो छोरा गोपीचन्द्र उप्रेती गैरसरकारी संस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहिसक्नु भएको छ । कान्छो छोरा मनोज उप्रेती सूर्योदय टेलिभिजनका अध्यक्ष हुनुहन्छ । 

जानुकादेवीको आफ्नै निवास मेचीनगर–६ मा निधन भएको हो । उहाँ मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेलको सासुआमा हुनुहुन्छ । 

जानुकादेवीका ४ छोरा र २ छोरी छन् । छोरीहरू हरिमाया मैनाली र बबिता ढकाल हुनुहुन्छ । उहाँकी कान्छी छोरी बबिता ढकाल खोटाङ अदालतमा न्यायाधीश हुनुहुन्छ । 

जानुकादेवी केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई विहीवार विहान १० बजेतिर मेचीनदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।