२७ वैशाख २०८१, बिहिवार

जुम्लाकी पत्रकार दिलमायालाई अन्तर्राष्ट्रिय पुरस्कार

२५ असोज २०८०, बिहिवार
Image

झापा, २५ असोज । ग्रामीण क्षेत्रमा रहेर उत्कृष्ट पत्रकारिता गरिरहनु भएकी जुम्लाकी दिलमाया शाही नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी रु. एक लाख ११ हजार रहेको छ ।

काठमाडौंमा आज आयोजित एक समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार शाहीलाई पुरस्कृत गर्नुभएको हो । 

पुरस्कार वितरण समारोहको आयोजना नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ मिलेर गरेका थिए ।

सोही कार्यक्रममा नेजाले जुम्लाकी दिलमाया शाहीसँगै सिन्धुपाल्चोककी कमला पाख्रिनलाई पनि नेजा पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोशन पुरी, पूर्व अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्का, पत्रकार निर्मला आचार्य, नेजा अध्यक्ष सुरज भण्डारी लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो ।