२७ वैशाख २०८१, बिहिवार

शैक्षिक परामर्श दिन दमकमा खुल्यो एक्सपर्टको शाखा

२८ असोज २०८०, आइतवार
Image

मेचीनगर, २८ असोज । विदेशमा पढ्न जाने विद्यार्थीका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले दमकमा नयाँ शाखा सुरु गरेको छ ।

यसअघि एक्सपर्टका मुलुकभित्र १९ वटा गरी कूल ६१ वटा शाखा सञ्चालनमा आएका छन् ।

दमक वडा नं. ५ स्थित गोरखा डिपार्टमेन्टल स्टोर नजिक आज सुरु भएको एक्सपर्टको ६१ औं शाखाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गर्नुभएको छ ।

बीस वर्ष अघि विदेशमा पढ्न जाँदा विभिन्न कष्ट व्यहोरेका झापा चारपानेका खेम संग्रौलाले स्वदेशमा फर्केर शैक्षिक परामर्श दिने एक्सपर्ट एजुकेसनको स्थापना गर्नु भएको थियो । एक्सपर्टका निर्देशक संग्रौलाले उसबेलाको पुरानो घटना सुनाउनुभयो । एक्सपर्टको विर्तामोड शाखा नौ वर्ष अघि स्थापना भएको थियो ।

उद्घाटन अवसरमा बोल्दै दमककी उपप्रमुख भट्टराईले विश्व नै एउटा गाउँमा परिणत भइरहेको आजको सन्दर्भमा विदेशमा पढ्न जाने लहर चलेको जनाउँदै सेवा व्यवसायमा एक्सपर्ट अब्बल भएको बताउनुभयो ।

एक्सपर्टका निर्देशक खेम संग्रौलाले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई सही र इमानदार परामर्श दिनु एक्सपर्टको विशेषता भएको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा एक्सपर्ट फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य र विपद्को क्षेत्रमा करोडौं सहयोग पुर्याएको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा अध्यक्ष केशव ओझा, अभिभावक दिलीप संग्रौला, आस्था कलेजका प्रिन्सिपल टेकनाथ भण्डारी, वडा अध्यक्ष इन्द्र गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्दै एक्सपर्टको सफलताको कामना गर्नुभएको थियो ।

अस्ट्रेलिया जाने विद्यार्थीलाई लामो समयदेखि शैक्षिक परामर्श दिदै आएको एक्सपर्टले हाल अमेरिका, यूरोप र अन्य मुलुकमा समेत पढ्न जानका लागि परामर्श तथा भिसा सर्भिस उपलब्ध गराउँदै आएको एक्सपर्टका दमक शाखा प्रबन्धक एकादेव अधिकारीले बताउनुभयो ।