२० वैशाख २०८१, बिहिवार

मिनीट्रकसँग ठोक्किदा स्कुटीमा सवार दुई जनाको मृत्यु

४ कार्तिक २०८०, शनिवार
Image

झापा, ४ कात्तिक । उत्तरी झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनावारीमा आज दुई वटा सवारी साधन आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार लु१च ६८६३ नम्बरको मिनी ट्रक र मे५प ४४८५ नम्बरको स्कुटी आपसमा ठोक्किएका थिए ।

सो दुर्घटनामा परी स्कुटी चालक अर्जुनधारा वडा नं. २  गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र सोही स्कुटरको पछाडिको सिटमा बसेका ३६ वर्षीय रोशन लुंगेली मगरको उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मिनी ट्रकका चालक अर्जुनधारा वडा नं. २ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । दुर्घटनामा मृत्यु भएका दुबै जना र घाइते समेत एउटै गाउँका बासिन्दा हुन् ।