४ जेठ २०८१, शुक्रवार

राजमार्गमा गुडिरहेको मिक्स्चरको चक्का खुस्कियो

१४ कार्तिक २०८०, मङ्गलवार
Image

झापा, १४ कार्तिक । आज अपराह्न चारआली जंगलस्थित महेन्द्र राजमार्गमा गुडिरहेको मिक्स्चर मेसिनको चक्का खुस्किएको छ ।

एउटा भ्यानको सहयोगमा उक्त मेसिनलाई गुडाउँदै विर्तामोडबाट चारआली हुँदै भद्रपुर लगिदै थियो ।

तर, व्यस्त राजमार्गमै फुस्किएको चक्का गुडेर सडक पारी घारीमा पुगेको थियो । त्यहीबेला आइरहेका यात्रुवाहक बस र निजी कारहरु दुर्घटना हुनबाट संयोगले जोगिएका थिए ।

विर्तामोडको बीएन्डसी नजिकको विक्रेताबाट आजै किनेर ल्याएको मेसिनको चक्का फुस्किदा मेसिनधनी चिन्तित बनेका थिए ।

चक्का खुस्किएकै बेला एउटा प्रहरीको गाडी पूर्वबाट पश्चिमतर्फ क्रस भएर गयो । चक्का खुस्किएको घटना प्रत्यक्षदर्शी सो गाडीमा सवार प्रहरीहरुले मिक्स्चर गुडाउने सवारीसँग एक शब्द पनि शोधपुछ गरेनन् ।

(हेर्नुहोस् तस्वीरहरु)