१५ वैशाख २०८१, शनिवार

चलचित्र पत्रकार संघ नेपाल झापा गठन, अध्यक्षमा तिवारी

२५ कार्तिक २०८०, शनिवार
Image

झापा, २५ कार्तिक । चलचित्र पत्रकार संघ नेपाल झापा शाखा गठन भएको छ । 

बिर्तामोडमा शुक्रवार भएको भेलाले संघको तदर्थ समिति गठन गरेको हो । रमेश तिवारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सह–सचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन भएका छन् । त्यस्तै सदस्यमा सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता साखी, दिपेन भेटवाल, रविकिरण वान्तवा, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल सर्वसम्मत् चयन भएका छन् ।

संघका कोशी प्रदेश समितिका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा संघको केन्द्रिय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत रमेश तिवारीले गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश प्रदेश अध्यक्ष बस्नेतले पारेका थिए । कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष बलामी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, संघका केन्द्रिय सदस्य मिजास पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । नयाँ गठित समितिलाई संघका केन्द्रिय अध्यक्ष बलामीले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, केन्द्रिय सदस्य कुमार आचार्यलगायतको उपस्थिति रहेको थियो । उक्त समितिले ६ महिना भित्रमा साधारणसभा गर्नुपर्ने जनाइएको छ ।