२४ वैशाख २०८१, सोमवार

झापा आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु , सबै यात्री घाइते

३ मंसिर २०८०, आइतवार
Image

झापा, ३ मंसिर । इलामको रोङ गाउँपालिकाको अर्याल चोक नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९/१० वर्षको बालकको मृत्यु भएको बताए । 

धनुषाबाट भ्रमणमा आएको ना ४ ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा  ४० जना घाइते भएका छन् । बसमा सवार सबै यात्रु घाइते भएका हुन् । 

बस सडकदेखि करिब ३ सय मिटर तल झरेको बताइएको छ । दुर्घटना सवा पाँच बजेतिर भएको हो । 

धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । उद्दार कार्य जारी छ । केही घाइतेको उद्दार गरी झापाको बीएन्डसी लगायतका अस्पतालमा पुर्याइउको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।