२५ वैशाख २०८१, मङ्गलवार

कोल्बुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

४ मंसिर २०८०, सोमवार
Image

मेचीनगर, ४ मंसिर । कोल्बुङ बस दुर्घटना घाइते भएका थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । 

धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको आइतबार घटनास्थलमै मृत्यु भएको थियो । 

घाइतेमध्ये अन्य दुई जनाको अबस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए ।