२५ वैशाख २०८१, मङ्गलवार

खुकरी प्रहार गरी आत्महत्या

४ मंसिर २०८०, सोमवार
Image

मेचीनगर, ४ मंसिर । कचनकवल गाउँपालिका–७ बैगुनवारीका ४१ बर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

अस्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई आज बिहान ८ः३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । 

गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।