१२ साउन २०८१, शनिवार

आज युवा संघ र दुर्गा प्रसाईँ समूहको शक्ति प्रदर्शन

७ मंसिर २०८०, बिहिवार
Image

झापा, ७ मंसिर ।  नेकपा एमाले निकट युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् ।

माइतीघरमा एकैदिन र प्रदर्शन गर्नु कार्यक्रम घोषणा भएपछि सरकारले दुबैलाई अलग स्थान तोकिदिएको छ ।

स्थानीय प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म्को क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका कारण दुबै समूहले अन्यत्र प्रदर्शन गर्ने भएका छन् ।

प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि दश हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।

मानव अधिकार आयोगले दुबै प्रदर्शनको अनुमगन गर्ने जनाएको छ ।