२६ वैशाख २०८१, बुधवार

आफुलाई नजरबन्द गरिएको प्रसाईको दावी

८ मंसिर २०८०, शुक्रवार
Image

झापा, ८ मंसिर । गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईले आफु हाउस एरेस्ट (नजरबन्द) भएको दावी गर्नु भएको छ ।

प्रसाईले हिजो बल्खुमा समर्थकलाई सम्बोधन गर्दै आज तीनकुनेमा निषेधित घेरा तोडेर प्रदर्शन गर्न आह्वान गर्नु भएको थियो । उहाँको आह्वानमा आज राजधानीको तीनकुनेमा प्रदर्शनमा उत्रिएकाहरुलाई समेत प्रहरीले पक्राउ गर्न थालेको छ ।

आज भक्तपुरस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले आफुलाई हाउस एरेस्ट गरिएको र त्यसबाट आन्दोलन नरोकिने जिकीर गर्नुभयो ।

प्रसाईलाई हाउस एरेस्ट गरेको विषयमा प्रहरीले कुनै जानकारी दिएको छैन । उहाँको निवास वरिपरि आज विहानैदेखि सुरक्षाकर्मीको बाक्लो तैनाथी छ ।