२४ वैशाख २०८१, सोमवार

महाकाली धाममा भागवत मञ्जरी राधिकाले पुराण बाचन गर्ने

८ मंसिर २०८०, शुक्रवार
Image

झापा, ८ मंसिर । मेचीनगर वडा नं. १२ स्थित महाकाली धाममा आयोजना हुने महापुराणमा भागवत मञ्जरी राधिका दासले कथा वाचन गर्नुहुने भएको छ । 

पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा आगामी मंसिर १५ देखि २१ गतेसम्म त्यहाँ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको पत्रकार सम्मेलन गरी पुराण आयोजक समितिले जनाएको छ । 

महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्ने आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले यो पुराणको आयोजना गर्न लागिएको अध्यक्ष गिरीले जानकारी दिए ।

मन्दिरको बिकासका लागि १ करोड संकलन गर्ने र २५ लाख खर्च हुने  पुराण प्रचार(प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताए । दैनिक २ हजार भक्तजन आउने अपेक्षा राखिएको छ ।

२०७२ सालमा स्थानीय रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उनका मातापितारसासुससुरा यशोदा र अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो ।

उनहरुले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा सर्पट नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले बताए ।