२४ वैशाख २०८१, सोमवार

अभियन्ता सविता उप्रेतीलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

९ मंसिर २०८०, शनिवार
Image

झापा, ९ मंसिर । अटिजम भएका बालबालिकाका लागि काम गरेकी सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट भएकी छन् ।

उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आयोजना हुने १३ औँ अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने छ ।

उप्रेतीले मानव अधिकार, शान्ति, करुणाका साथै बहुआयामिक मानवीय सेवामा अथक र निस्वार्थ रूपमा काम गरेको, युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

ठूलो व्यक्तिगत जोखिम उठाएर र त्याग गरेर शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तिकरण तथा बालबालिकाको सेवामा काम गर्ने विश्वभरका महिला यो पुरस्कारका लागि योग्य मानिन्छन् । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

सबिता उप्रेतीले १३ वर्षदेखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र स्थापना गरी अटिजम बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन् । हाल यस संस्थाको काठमाडौंको नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छ । ती तीन ठाउँमा गरी ६० जना बालबालिका र किशोरकिशोरीलाई विशेष शिक्षा र थेरापी सेवा प्रदान गर्ने गरिन्छ ।

जागिरको क्रममा फिल्डमा जाँदा अटिजम भएका बालबालिकाहरुलाई घरमा साङ्लो र डोरीले बाधेर राखेको नाजुक अवस्था देखेर सविताले त्यस्ता बालबालिकाको सेवामा काम गर्ने प्रेरणा पाएकी थिइन् । उप्रेतीले नेपाल सरकारबाट जनसेवा श्री पदक ९समाज सेवामा० र युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार ९समाजसेवा र शिक्षा० पनि पाइसकेकी छन् ।