२४ वैशाख २०८१, सोमवार

त्रिफलाको अध्यक्षमा फलाहारी सर्वसम्मत

९ मंसिर २०८०, शनिवार
Image

धुलाबारी, ९ मङसिर । त्रिफला राष्ट्रिय पुस्तकालयको अध्यक्षमा संस्थापक अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारी पुनः चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षमा रामप्रसाद दाहाल, महासचिवमा गंगाप्रसाद भट्टराई बोझे, सचिवमा सुदर्शन बराल र कोषाध्यक्षमा कुलबहादुर भण्डारी चयन हुनुभएको छ । 

समितिको सदस्यमा राधादेवी घिमिरे, रिसव आचार्य, शालिग्राम दाहाल, लक्ष्मीदेवी शर्मा र ललित अग्रवाल सदस्य चयन हुनुभयो । 

धुलाबारीमा आज सम्पन्न साधारणसभामा फलाहारी लगायत कार्यसमितिको नामहरु सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक विनोद खनालले बताउनुभयो । खनालको संयोजकत्वमा बनेको निर्वाचन समितिमा गोपालप्रसाद सापकोटा र अम्बिका भण्डारी सदस्य रहनुभएको थियो । 

त्रिफला राष्ट्रिय पुस्तकालयको साधारणसभा सम्पन्न

त्रिफला राष्ट्रिय पुस्तकालयको २१ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षमा पुस्तकालयको सभाहलमा भएको साधारणसभाको प्रमुख अतिथि त्रिफला सामुदायिक भवन निर्माण समितिका संयोजक निलकण्ठ तिवारी रहनु भएको थियो ।

उहाँले अध्यक्ष फलाहारीले खाली खुट्टा हिंडेर मागेको पुस्तक र दानले अहिले मेचीनगरमा सुविधा सपन्न भवनमा पुस्तकालय सञ्चालन भइरहेको बताउनुभयो । उहाँले अब बन्न लागेको भवनलाई समेत सबैले हृदय खोलेर सहयोग गर्न आग्रह गर्नुभएको छ । 

कार्यक्रममा कोशी प्रदेश पुस्तकालय समितिका उपाध्यक्ष बाबुराम श्रेष्ठ, निर्वाचन समितिका संयोजक विनोद खनाल, सदस्य गोपालप्रसाद सापकोटा, साहित्यकार नारायणप्रसाद भट्टराई, सिक्किमका बरिष्ठ साहित्यार एनपीएस निरौला, स्वार्गश्रम नेपालकी जिल्ला अध्यक्ष राधा घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थियो । 

संस्थाकी सचिव शोभा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामप्रसाद दाहालले गर्नुभएको थियो ।