२४ वैशाख २०८१, सोमवार

आफ्नै बाबुको हत्या, भाग्दाभाग्दै छोरो पक्राउ

११ मंसिर २०८०, सोमवार
Image

मेचीनगर, ११ मङसिर । कमल गाउँपालिका वडा नं. ४ मा आज विहान छोराले बाबुको हत्या गरेको छ ।

घटना आज विहान ६ः३० बजेको हो । मृतक बाबु ५० वर्षीय भोलाकुमार तामाङ रहेका छन् । अभियुक्त २३ वर्षीय आशिष तामाङलाई हत्यापछि भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार अभियुक्तले धारिलो दाउ र कराहीले टाउकामा प्रहार गर्दा भोलाकुमारको मृत्यु भएको हो । 

मृतकको शबलाई पोस्टमार्टम जाँचका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ भने इलाका प्रहरी कार्यालय दमकको टोलीले घटनाको अनुसन्धान तथा कानूनी प्रक्रिया सुरु गरिसकेको जनाएको छ । 

हत्या हुनुको कारण खुलिसकेको छैन ।