९ माघ २०८१, बुधवार

भद्रपुरमा बुद्ध एयर ओर्लिनै लाग्दा स्याल आएपछि ...

११ मंसिर २०८०, सोमवार
Image

झापा, ११ मंसिर । धावनमार्गमा स्याल देखिएपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ ।

चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो ।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको उनले नकारी दिए ।

‘धावनमार्गमा स्याल पसेको पाइएपछि मिस अप्रोच गर्न भनेका थियौं,’ उनले भने, ‘स्याल धपाएपछि मात्रै बुद्धले नर्मल अवतरण गर्‍यो ।’

जहाजलाई ओभरसुट गराएसँगै विमानस्थलमा स्याल धपाउने काम गरिएको उनले जानकारी दिए । यो विमानस्थल जंगली जनावरको बढी गतिविधि हुने विमानस्थलमा पर्छ ।