२२ वैशाख २०८१, शनिवार

धानको धुस्यान जलाउँदा ग्वाली जल्यो

१४ मंसिर २०८०, बिहिवार
Image

मेचीनगर, १४ मंसिर । मेचीनगर(८ स्थित प्रगतिशील टोलमा आज धानको धुस्यान जलाउँला ग्वाली जलेर खरानी भएको छ ।

उक्त आगलागी हुँदा एउटा ग्वाली जलेर नष्ट हुनुका साथै एक बिगाहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय कुञ्जनमणि धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसंगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो ।

धानको धुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रित भइ ग्वालीमा आगजनी भएको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले जानकारी दिए । उनले आगलागी नियन्त्रणमा लिन दमकलसंगै स्थानीयले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । 

उनले मेचीनगर नगरपालिकाको दमकल समयमा आएर आगो निभाएको बताए । आगलागी नियन्त्रण गर्न मेचीनगरका दुईवटा दमकलसंगै विर्तामोडबाट समेत एउटा दमकल मगाइएको थियो ।