२२ वैशाख २०८१, शनिवार

हात्ती आक्रमणमा बनका चौकीदारको मृत्यु

१५ मंसिर २०८०, शुक्रवार
Image

भद्रपुर, १५ मंसिर । सामुदायिक वनका चौकीदारको हात्ती आक्रमणमा परी आज विहान मृत्यु भएको छ । 

हल्दिबारी गाउँपालिका–३ का ४० बर्षीय धनबहादुर वनलाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

स्थानीय रणकाली सामुदायिक वन जलथलका धनबहादुर चौकीदार हुन् ।  बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका थिए । सोही बेला एउटा जंगली हात्तीसँग उनको जम्काभेट भयो । सोही क्रममा एउटा हात्तीले लछारपछार गर्दै उनलाई कुल्चिएर मारेको प्रहरीको भनाई छ ।