१६ वैशाख २०८१, आइतवार

धुलाबारीबाट उद्धार गरिएकी महिलाको मृत्यु

२२ मंसिर २०८०, शुक्रवार
Image

मेचीनगर, २२ मंसिर । मेचीनगर वडा नं. १० धुलाबारीबाट उद्धार गरेर आश्रम लगिएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

नाम र ठेगाना नखुलेकी अन्दाजी २८–३० वर्षीया ती महिला धुलाबारीको पश्चिम बस स्टेन्ट नजिकैको चौतारोमा तीन दिन अघि अलपत्र अवस्थामा भेटिएकी थिइन् । 

वडा कार्यालयको समन्वयमा उनलाई विराटनगरको मानव आश्रममा लगिएको थियो । तर, लैजाँदै गर्दा अत्यन्त बिरामी र अशक्त अवस्था भएकोले उनलाई कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विहीवार उपचारकै क्रममा उनको मृत्यु भएको उद्धार कार्यमा संलग्न अभियन्ता नरेश मोहराले जानकारी दिए ।

उनले अन्तिम संस्कारका लागि शब बुझ्नका लागि आफन्तको खोजी भइरहेको बताए । फेसबुकमा समेत मोहराले मृतकको फोटो र विवरण प्रकाशित गरेका छन् ।