१६ वैशाख २०८१, आइतवार

महिला हिंसाको मुख्य कारण ‘मापसे’

२३ मंसिर २०८०, शनिवार
Image

झापा, २३ मंसिर । बिगत तीन वर्षमा झापाको प्रहरी कार्यालयमा परेको घरेलु हिंसाको घटना विश्लेषण गर्दा हिंसाको जड मादक पदार्थ सेवन ‘मापसे’ नै देखिएको छ । 

‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गरेको घटनामा सबैभन्दा ज्यादा उजुरी परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार बिगत तीन वर्षमा घरेलु हिंसाका ६२२ वटा उजुरी दर्ता भएकोमा २१५ वटा उजुरी मापसेका कारण भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा २२० वटा उजुरीमध्ये ७१ वटा मापसेसँग सम्बन्धित छन् । आव २०७८/०७९ मा २४७ वटा उजुरीमध्ये ७६ वटा र आव २०७९/०८० मा १५५ वटा उजुरीमध्ये ६८ वटा मापसेका कारण भएको सूचना अधिकारी रिजालले बताउनुभयो ।

कुटपिट, झैझगडा, गरीवी र मोवाइल फोनका कारण पनि घरेलु हिंसाका घटना भएको भनी उजुरी पर्ने गरेको प्रहरीको भनाई छ । 

विगत तीन आवमा झैंझगडाका २११, गरीवीका ११० र मोवाइल फोनका ८१ वटा उजुरी प्रहरीमा दर्ता भएका थिए । 

मापसे, गरीवी र मोवाइल फोनका कारण जनाउँदै दर्ता हुने घरेलु हिंसाका उजुरीहरु प्राय सहमतिमा टुंगिने गरेका छन् । कुटपिट र झैंझगडाका उजुरीहरु छलफलपछि नमिल्दा अदालत पुग्ने गर्छन् ।