१५ वैशाख २०८१, शनिवार

लैंगिक हिंसाको कानूनी व्यवस्था सम्बन्धी विद्यार्थीलाई तालिम

२३ मंसिर २०८०, शनिवार
Image

बिर्तामोड २३ मंसीर ।  नारी सञ्चार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं. ६ को सहयोगमा शुक्रबार लैंगिक हिंसाको अवस्था, प्रकृति र कानूनी व्यवस्था विषयक विद्यार्थी लक्षित सचेतनामूलक तालिम सम्पन्न भएको छ ।

किशोरावस्थाका बालबालिकालाई लक्षित गरी बिर्तामोड नगरपालिका वडा नं. –६ स्थित सरस्वती माविमा आयोजित कार्यक्रममा लैंगिक हिंसामा प्रविधिको प्रयोग, हिंसाको प्रकृति, समाजमा देखिएका हिंसाजन्य घटनाक्रम, हिंसामा पर्न सकिने संभावित जोखिम र बच्ने उपाय लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरीक्षक सुवास मिश्रले सहजीकरण गरेका थिए । त्यसैगरी लैंङ्किक हिंसा, बाललैङ्गिक हिंसा, बालबिवाह, बलात्कार जस्ता जधन्य अपराधजन्य घटनामा दोषी उम्काउन गरिने प्रयास र पीडितले अपनाउनु पर्ने सचेतता कानूनी व्यवस्था जस्ता विषयमा कानून व्यवसायी लक्ष्मी खनालले सहजीकरण गरेका थिए ।


बिर्तामोड नगरपालिका वडा नं. ६ कि महिला वडा सदस्य गीता शर्मा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सरस्वती मावि बुट्टाबारीका प्रधानाध्यापक दिपक लुइँटेल, वडा सदस्य जीवन बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा एकसयभन्दा बढी सहभागी कार्यक्रममा  सहभागि विद्यार्थीका तर्फबाट लाक्पा डोल्मा तामाङ र अनिस श्रेष्ठले कार्यक्रम उपनोपयोगी रहेको प्रतिक्रिया दिंदै दैनिक जीवनमा कार्यान्वयन गर्न र गराउन भूमिका खेल्ने धारणा राखेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहाल पूर्व अध्यक्ष अम्बिका भण्डारी, निर्वतमान अध्यक्ष भिमा शिवाकोटीको लगायतको उपस्थिति रहेको रहेको थियो ।

संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष अम्बिका भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकास पार्दैै सुरक्षित महिनावारी दिवसको अवसरमा विद्यार्थीहरुलाई महिनावारी सम्बन्धी जानकारी गराएकी थिइन् । कार्यक्रम संयोजक टिका पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव जोश्ना श्रेष्ठ गरेकी थिइन् ।