१५ वैशाख २०८१, शनिवार

मेचीनगर लेडी जेसीजको अध्यक्षमा पवित्रा प्रसाई

२४ मंसिर २०८०, आइतवार
Image

मेचीनगर, २४ मंसिर । मेचीनगर लेडी जेसीजको वर्ष २०२४ को अध्यक्षमा पवित्रा बिमली प्रसाई सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

जेसीजको शनिवार सम्पन्न दशौं बार्षिक साधारण सभाले उहाँलाई चयन गरेको वर्ष २०२३ की अध्यक्ष रश्मी थापाले जानकारी दिनुभयो । कार्यकारिणी उपाध्यक्षमा शकुन्तला ढकाल र एलिशा बुढाथोकी रिजाल चयन हुनु भएको भने उपाध्यक्षहरूमा शर्मिला तिम्सिना, सुनिता कोइराला, गीता पौडेल र लक्ष्मी कोइराला चयन हुनुभयो ।