८ कार्तिक २०८१, बिहिवार

हात्तीले घरको पर्खाल भत्कायो

२ पुष २०८०, सोमवार
Image

मेचीनगर, २ पुस । आज विहानै मेचीनगर वडा नं. १५ ज्यामिरगढीमा हात्तीले एक घरमा क्षति पुर्याएको छ ।

एक्लै पूर्वबाट आएको हात्तीले रोशन न्यौपानेको घरको पक्की पर्खाल भत्काएको हो ।

पर्खाल भत्काएर कोठाभित्र बोरामा रहेको पशु आहार हात्तीले खाएको थियोे ।

‘विहानको ५ बजिसकेको थियोे,’ रोशन न्यौपाने न्यौपानेले घटना सुनाउँदै भन्नुभयो–‘हात्ती मूलगेटबाट सरासर आँगनमा आयो । बिजुलीको तार चुट्यायो र पर्खाल भत्कायो । कोठाभित्र टाउको छिरायो र चोकरको बोरा बोकेर बाँसघारीतिर गयो ।’

त्यहाँबाट उक्त हात्ती फुलमासी गाउँ हुँदै निचाझोडा जंगलतिर गएको प्रत्यक्षदर्शीहरुले बताउनुभयो ।

ज्यामिगरढी क्षेत्रमा हात्ती बाक्लै आउन थालेको जनाउँदै स्थानीय हेम राईले जनता त्रासमा रहेको बताउनुभयो । मानिसहरुले डरका कारण मर्निङ वाक हिँड्न छाडेका छन् ।